दफा ४९
वाणिज्य बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा पुनर्कर्जा
(१) बैंकले आफूले निर्धारण गरेको शर्त तथा प्रकृयाको अधीनमा रही वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बढीमा एक वर्षको लागि देहायको जायजेथाको सुरक्षणमा कर्जा तथा पुनर्कर्जा प्रदान गर्न सक्नेछः– (क)दफा ६६ को उपदफा (१) को खण्ड (ङ) मा उल्लेख भए बमोजिमको अन्तर्राष्ट्रिय विनिमेय अधिकार पत्र, (ख)नेपाल ……….. भित्र भुक्तानी हुने गरी नेपाल सरकारबाट जारी भएको ऋणपत्र, (ग)बैंकमा जम्मा रहेको निक्षेप वा यस ऐन अन्तर्गत बैंकले कारोबार गर्न सक्ने सुन तथा बहुमूल्य धातु, (३)दफा ४८ को उपदफा (१) बमोजिमका विनिमयपत्र वा प्रतिज्ञापत्र, र (ङ)तोकिएबमोजिमका अन्य सुरक्षणपत्रहरु । (२) ……… उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारले सर्वसाधारणको हित र कल्याणका लागि कर्जा प्रवाह गर्न उपयुक्त देखी बैंकलाई अनुरोध गरेको खण्डमा र त्यस्तो कर्जाको नेपाल सरकारले प्रचलित बजार दरको सुरक्षण पत्रको ग्यारेन्टी दिएमा वा अन्तिम ऋणदाताको रुपमा कार्य गर्नु पर्दा बैंकले असाधारण अवस्थामा बढीमा एक वर्ष सम्मका लागि वाणिज्य बैंक तथा वित्तिय संस्थालाई कुनै पनि किसिमको कर्जा प्रवाह गर्न सक्नेछ ।